२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गुटगत राजनीति गरेर कांग्रेस सफल हुँदैनः कोइराला

गुटगत राजनीति गरेर कांग्रेस सफल हुँदैनः कोइराला

नवलपरासी ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् ।    नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए ।

उनले भने, “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छौँ तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।”

देशमा भ्रष्टाचार छ भन्छौँ तर कहाँ छ ? भन्ने कुरामा पुग्न नसकेकोे नेता कोइरालाको भनाइ छ । कोइरालाले भने– “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएकोे भनेका छौँ । सङ्घीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”

सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उनको भनाइ छ ।

सङ्घीयता आयो तर अधिकार विहीन सङ्घीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाई छ । सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी   सङ्घीयताको अनुभुति हुन्छ ? भनी प्रश्न गर्दै कोइरालाले अधिकारसहितको सङ्घीयता लागू गर्न आवश्यक रहेको बताए ।

कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताए । विसं २०८४ को लागि लिएको मिसनलाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उनले जोड दिए ।

विसं २०८४ को निर्वाचना कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवश्यकता रहेको कोइरालाले बताए । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij