२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

निर्वाचन आयोगले बीबीसीको विवादित भिडियो हटाउन प्रेस काउन्सिललाई लेख्यो पत्र

निर्वाचन आयोगले बीबीसीको विवादित भिडियो हटाउन प्रेस काउन्सिललाई लेख्यो पत्र

काठमाडौं । निर्वाचन आयोगले बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयोगले बिहीबार काउन्सिललाई बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन पत्र लेखेको हो ।

आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिएका छन् । उनले उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेको बताए । भिडियोमा गत भदौ २३ र २४ को जेनजी आन्दोलन राज्यको असफलता भएको निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij