काठमाडौँ– तराई क्षेत्रका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिएको मौसम पूर्वानुमान महाशाखले जनाएको छ।
सो क्षेत्रमा पाँच दिनसम्म तातो हावा तथा ‘लू’को सम्भावना यथावत् रहने देखिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको महाशाखाले जानकारी दिएको छ।
दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षा हुने महाशाखाको भनाइ छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij