२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा नै होः सीके राउत

संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा नै होः सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीयता खारेज गर्ने निर्णय केन्द्रीय समितिबाट गर्ने दल आवश्यक नभएको बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत राउतले संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएको भन्दै सो पार्टीले बैठकबाट निर्णय नै गरेको बताए ।

उनले भनेका छन्, ‘सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको हो। मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने नै छ। पार्टी कुनै एक व्यक्तिले मधेसको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो – संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएको छ, सो पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो। यसर्थ मधेस यी संघीयता विरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ। त्यो नै मधेशी शहीदको सम्मान हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij