२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सर्लाही-४ मा उत्कृष्ट काम गरेर देखाउँछुः सभापति थापा

सर्लाही-४ मा उत्कृष्ट काम गरेर देखाउँछुः सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्नो सबै तागत लगाएर सर्लाही ४ लाई उत्कृष्ट बनाउने बताएका हुन् ।

बिहीबार सर्लाही ४ मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो सबै तागत लगाएर सर्लाही ४ लाई उत्कृष्ट बनाउने बताएका हुन् ।

उनले यो क्षेत्रमा आफूले शिक्षा र स्वास्थ्यका क्षेत्रमा बढी काम गर्ने बताए । उनले भने, ‘मेरो क्षेत्र यो हो अब । यहाँको शिक्षा, स्वास्थ्यमा मैले काम गर्नुछ, यहाँको कृषिमा मैले काम गर्नुछ । यहाँको खेतमा मैले काम गर्नुछ, सिँचाइमा मैले काम गर्नुछ ।’

सभापति थापाले आफूले अझै ८/१० वर्ष राजनीति गर्ने भन्दै आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने पनि बताए ।

उनले भने, ‘यो कुरामा तपाईँहरू निश्चिन्त भए हुन्छ मधेशको ३२ वटा निर्वाचन क्षेत्रमध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाहीको क्षेत्र नम्बर ४ हो भन्ने कुरा मैले बनाउँछु । म त भर्खर कांग्रेसको महामन्त्री भएको छु विशेष महाधिवेशनबाट । फेरि कांग्रेसको अधिवेशन गर्नुछ, फेरि मलाई सभापति बन्नुछ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij