२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘कुमारी’ को ट्रेलर सार्वजनिक

‘कुमारी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ‘कुमारी’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काबीचको प्रेम र भावनात्मक उतारचढावलाई देखाइएको छ ।

‘कुमारी’ मा आकृति र अभिषेकसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने, मनसा शर्मालगायत कलाकारहरूको अभिनय छ ।

महेन्द्र अधिकारी निर्माता रहेको फिल्मको लेखक विकास सुवेदी हुन् भने कार्यकारी निर्मातामा केदार भुसाल छन्। सुशन प्रजापतिको डिओपी रहेको फिल्मको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । यो फिल्म यही माघ २३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij