काठमाडौं ।
काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आइतबार राति फेसबुकमार्फत संकेतात्मक शुभकामना दिएका छन्।
उनले लेखेका छन्- ‘सबैलाई शुभकामना, हामी आउँदैछौँ।’
आगामी फागुन २१ गतेको आमनिर्वाचनमा बालेनले प्रतिष्पर्धा गर्ने तयारी गरिरहेका छन्।
रवि लामिछाने नेतृत्वको रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा उत्रने तयारी गरेको छ।
रास्वपाको दोस्रो वरीयताको नेता रहने गरी पार्टीमा एकता गरेका बालेनलाई उक्त पार्टीले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij