काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुंगाे लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ।
प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए।
उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ। उक्त संख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन्। समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij