२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय बैठक आज बस्दै

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि बोलाएको सर्वपक्षीय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री कार्कीले आज ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरु सहभागी हुने गरि बैठक बोलाएकी हुन् ।

 

बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार पाँच प्रमुख दललाई मात्र बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् । प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी  छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij