२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाले गराए दल दर्ता

प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाले गराए दल दर्ता

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij