२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं। सोलु हाइड्रोपावर लिमिटेडले आजबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता सेयर बिक्री खुला गरेको छ। यसमध्ये १ करोड कित्ता स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीयका लागि आवेदनको अन्तिम मिति ढिलोमा पुस ७ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि मंसिर २१ गतेसम्म तोकिएको छ।

८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आइआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij