काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ।
सार्वजनिक सञ्चार माध्यममार्फत पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र झुटा आरोप लगाएको भन्दै सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन)ले जानकारी दिएका छन्।
केही दिनअघि सुवेदीले एउटा अन्तर्वार्ताका क्रममा जेनजी आन्दाेलनकाे बेला प्रचण्डको निवास जलाइनुभन्दा दुई दिनपहिले नै उनको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालेर लुकाइएको अभिव्यक्ति दिएका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij