काठमाडौं । जिल्ला अदालत काठमाडौंले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।
बिहीबार जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । अदालतले कुटपिटमा संलग्न रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर गरेको हो ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए। चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij