२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

सल्यानमा गाडी दुर्घटना : ३ जनाको मृत्यु

सल्यानमा गाडी दुर्घटना : ३ जनाको मृत्यु

काठमाडौं । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरु एक महिला र एक पुरुषको भने सनाखत हुन बाँकी छ ।
दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij