२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

धरानमा रुँदै गरेका भेटिए हर्क साम्पाङ

धरानमा रुँदै गरेका भेटिए हर्क साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले देशनै नबचे हामी कसरी रहन्छौं भन्दै रोएका हुन् ।

उनले कोहि नेता बाहिर ननिस्किएको बेला आफु बाहिर निस्केको बताउदै आफुलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको बताउदै भावुक बनेका थिए । उनले आफुले बलिरहेको  देशलाई बचाउन भन्दै गएको बताए ।

उनले जेनजी आन्दोलनको म्यान्डेट बालेनलाई प्रधानमन्त्री बनाउने रहेको र बालेन पछि हटे हर्क साम्पाङ आउनुपर्छ भनेपछि आफु काठमाडौँ गएको उनले बताए ।

साथै उनले को प्रधानमन्त्री बन्ने र को के बन्ने भन्ने सूची पहिला नै बनिसकेको दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij