२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सिराहामा दुई मोटरसाइकल ठोक्किँदा तीन युवाको मृत्यु, एक घाइते

सिराहामा दुई मोटरसाइकल ठोक्किँदा तीन युवाको मृत्यु, एक घाइते

सिराहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जना युवाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्।

सिराहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ सात बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा सिराहाकै अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामबृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रविन्द्रराज पाण्डेका अनुसार दुर्घटनामा सोही ठाउँका १५ वर्षीय युवराज यादव गम्भीर घाइते भएका छन्।

उनलाई सिराहा प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ।

दुबै मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर ठोक्किएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij