२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

रुसका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

रुसका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्र सचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ।

त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको र नेपाल-रुस सिधा हवाई उडान गर्ने विषयमा पनि छलफल भएको परराष्ट्र सचिव राईले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij