२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सुवास थापाको ‘फ्रेनीया’ सेप्टेम्बर १२ मा विशेष प्रदर्शन

सुवास थापाको ‘फ्रेनीया’ सेप्टेम्बर १२ मा विशेष प्रदर्शन

टेक्सास । अष्टिनस्थित पिगासस इन्टरटेन्मेन्टले निर्माण गरेको मनोवैज्ञानिक छोटो फिल्म फ्रेनीया को ट्रेलर सार्वजनिक गरिएको छ। नेपाली कलाकार तथा निर्देशक सुवास थापाको निर्देशनमा बनेको यस फिल्ममा एक चित्रकारको मानसिक संघर्ष, स्वास्थ्य समस्या र सिर्जनात्मक यात्राको कथा प्रस्तुत गरिएको छ। फिल्मको विशेष प्रदर्शन सेप्टेम्बर १२, २०२५, शुक्रबार साँझ ७ बजे जर्जटाउनस्थित प्यासलेस थिएटरमा हुने भएको छ। विशेष कार्यक्रममा कलाकार तथा प्राविधिक टोली पनि सहभागी हुनेछन्।

आयोजकहरूका अनुसार फ्रेनीयालाई निकट भविष्यमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा सहभागी गराइने योजना छ। यसले नेपाली कलाकारिता र सन्देशलाई विश्वव्यापी दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ।

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका निर्देशक सुवास थापाले आफू जहाँ भए पनि नेपाली कला र सिर्जनशीलतालाई फरक–फरक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले फ्रेनीया निर्माण गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij