२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा. विप्लव भट्ट रहेका छन् ।

 

आज बिहान १:३० बजे भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए । घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।B

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij