२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

पूर्वराष्ट्रपति भण्डारीले भनिन्-‘ठूला दलहरूले नै संविधान संशोधनको कुरा गर्छन् छलफल छैन’

पूर्वराष्ट्रपति भण्डारीले भनिन्-‘ठूला दलहरूले नै संविधान संशोधनको कुरा गर्छन् छलफल छैन’

 

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याएकी छन् ।

मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद् नै निरीह थलो बनेर बसिरहेको बताइन् ।

उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन । पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ । के गर्‍यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन । कुनै व्यक्तिलाई आरोप लाग्ने बित्तिकै निलम्बित भइहाल्छ बोल्न पाउँदैनन् । आरोप पुष्टि भएको छैन । यही हो न्याय ?’

उनले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न उठाइन् ।

जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क गरिन् ।

राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचनाबाहिर नरहेको उल्लेख गरिन्। ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सके कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उनले भनिन्।

उनले २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याइन्। ‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु। नेपाल चन्द्रसूर्य रहुन्जेल म सक्रिय रहन्छु,’ भण्डारीले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij