२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ : राष्ट्रपति पौडेल

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी पौडेलले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हकलाई सार्थक बनाउनुपर्ने बताएका छन्।

‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ’, सन्देशमा भनिएको छ, ‘विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ।’

राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने बताएका छन्।

‘मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ’, उनले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij