२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

फिल्म फ्रेनियाको आधिकारिक पोस्टर सार्वजनिक

फिल्म फ्रेनियाको आधिकारिक पोस्टर सार्वजनिक

टेक्सस । पिगासस इन्टरटेन्मेन्टले सुवास थापाको कन्सेप्टमा आधारित र कथा लेखनमार्फत बनेको मनोवैज्ञानिक ड्रामा फ्रेनियाको आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। यस पोस्टरले फिल्मको तनावपूर्ण र रहस्यमय भावलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै दर्शकलाई पर्दामा देखिन लागिरहेको  कथाको पहिलो झलक दिएको छ।

सुवास थापा, कार्नोभ्स्की, डानिएल हुर्टाडो र माइक पारिसो अभिनीत यो फिल्मले एक व्यक्तिको मनको गहिराइमा लुकेका डर, भ्रम र भावनात्मक सङ्घर्षको कथा प्रस्तुत गर्नेछ। पोस्टरको डिजाइन स्वयंमा एक कलात्मक संकेत हो, जसले एकाकींपन, धारणा र अन्तरिक अशान्तिका विषयलाई संकेत गर्छ।

यो फिल्मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रमुख फिल्म महोत्सवहरूमा प्रस्तुत गर्न तयारी भइरहेको छ, जसले नेपाली र अन्तर्राष्ट्रिय दर्शक माझ नयाँ स्तरको सिनेमाटिक अनुभव पुर्याउने अपेक्षा गरिएको छ।

फिल्मको आधिकारिक ट्रेलर २०२५ अगस्ट २२, शुक्रबार सार्वजनिक हुने र विशेष प्रदर्शन २०२५ सेप्टेम्बर १२, शुक्रबार ऐतिहासिक जर्जटाउन प्यालेस थियटरमा साँझ ७ बजे देखि राति १० बजे सम्म हुनेछ। कार्यक्रममा कलाकार तथा निर्माण टोलीसँग प्रत्यक्ष अन्तरक्रिया र प्रशनोत्तर सत्र समेत हुनेछ, जसले दर्शकलाई पर्दा पछाडिको यात्रा बुझ्ने अवसर दिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij