२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

 

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट पाँच जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्रीमा सिफारिस गरेको कांग्रेस स्रोतले जनाएको छ ।

वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।

यस्तै कांग्रेस केन्द्रीय समस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फकी सांसद हुन् । उनीहरूलाई मुख्यमन्त्री बानियाँले शुक्रबार नै शपथ ग्रहण गराउने तयारी छ ।

सिफारिसमा परेका सांसदहरिहरूलाई कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा भने केही खुलेको छैन । कांग्रेस स्रोतका अनुसार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij