काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख भन्दा धेरै हस्ताक्षर गरेको जनाएको छ।
साउन २३ गते सम्म ३२ लाख ६ हजार ६०८ जनाले सभापति लामिछानेको पक्षमा हस्ताक्षर गरेको प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार अहिलेसम्म ६२ लाख १६ हजार ६६९ सहयोग संकलन भएको छ। सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij