२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बोलायो बैठक

शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बोलायो बैठक

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज २१ साउनसम्मको अल्टिमेटम दिएको थियो ।

समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघले बिहीबार (भोलि) बैठक बोलाएको हो । ‘भोलि बैठक बस्छ । के गर्ने, कसरी जाने भनेर निर्णय गछौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

भोलि नै शिक्षा समिति बैठक बोलाएकाले समितिले गर्ने निर्णयको आधारमा महासंघले आफ्नो रणनीति तय गर्ने भएको छ । गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij