२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

बागमतीको मुख्यमन्त्रीका लागि काँग्रेसका बानियाँको दाबी पेश

बागमतीको मुख्यमन्त्रीका लागि काँग्रेसका बानियाँको दाबी पेश

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख दीपक देवकोटालाई नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहित पुगेर बानियाँले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij