काठमाडौँ । नेकपा माओवादी केन्द्रको वेबसाइटमा उपाध्यक्ष नन्दबहादुर पुन र सचिव गंगा नारायण श्रेष्ठको नाम राखिएको छ।
केही समय अगाडि नै उनीहरूको जिम्मेवारी टुंगो लागे पनि वेबसाइटमा भने नाम थिएन।
गत चैत २४ गतेको सचिवालय बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यस्तै श्रेष्ठलाई सचिव बनाउने निर्णय जेठ १२ गतेको सचिवालय बैठकले गरेको हो।
पुनको वरीयता ६ नम्बरमा छ। उनी उपाध्यक्षहरूमध्ये अन्तिममा छन्। उपाध्यक्षमा सबैभन्दा अघि कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल त्यसपछि मात्रै पुनको नाम छ।
शुक्रबार उनीहरू दुवै जनासहित भर्खरै स्थायी समिति सदस्य बनाइएका डा. विकासप्रकाश सैजुको नामसमेत समावेश भएर ४६ सदस्यीय बनाइएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij