२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

लामाले गुमाए संसदीय दलको नेताको हैसियत

लामाले गुमाए संसदीय दलको नेताको हैसियत

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज भएको मत विभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ ।

आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो । यो सँगै लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । शुक्रबार मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए । आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर इन्द्रबहादुर बानियाँको समर्थनमा उभिएका थिए ।

अविश्वासको प्रस्तावको हस्ताक्षर गरेकी माया श्रेष्ठ भने हस्ताक्षर कीर्ते भएको भन्दै लामातिरै लागेकी थिइन् । भर्खरै सकिएको मत विभाजनमा बानियातर्फ एक सांसद थपिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशका सचिव कृष्ण लामाले मत विभाजनको नतिजा घोषणा गरिसकेको बताए । उनका अनुसार अहिले संसदीय दलमा दर्ता भएको अविश्वासको मत पारित गराउन मात्रै संसदीय दलको बैठक भएको थियो ।

बैठकले मुख्यमन्त्रीविरुद्ध आफ्नै सांसदहरुले पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले पारित गरेपछि अब संसदीय दलको नेताको लागि संसदीय दलको बैठक बस्नु पर्ने हुन्छ । केहि दिनपछि मात्रै संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्ने लामाले जानकारी दिएका छन् । उनले केन्द्रीय समितिमा छलफल गरेर संसदीय दलको नेता चयनको मिति तय हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij