२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

बागमती काँग्रेस संसदीय दलको बैठक बस्दै

बागमती काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामामाथि आफ्नै पार्टी नेपाली काँग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो।

अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राति अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो।

बागमती प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij