२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाल राष्ट्रिय कर्मचारी संगठनले भूकम्पपीडितलाई दुई दिनको पारिश्रमिक दिने

नेपाल राष्ट्रिय कर्मचारी संगठनले भूकम्पपीडितलाई दुई दिनको पारिश्रमिक दिने

नेपाल राष्ट्रिय कर्मचारी संगठनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई दुई दिनको पारिश्रमिक दिने भएको छ ।

संगठनको सोमबार बसेको आकस्मिक बैठकले दुई दिनको पारिश्रमिक दिने निर्णय गरिएको अध्यक्ष अम्वादत्त भट्टले बताए । ‘प्रत्येक सदस्यवाट कम्तीमा दुई दिनको पारिश्रमिक अनिवार्य रूपमा र सुभेच्छुकबाट स्वेच्छिक रूपमा केन्द्रीय समिति, प्रदेश समिति, विभागीय/जिल्ला समितिले तोकेको खातामा जम्मा गरी केन्द्रीय समितिले महासंघमार्फत सरकारी राहत कोषमा दाखिला गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

राष्ट्रिय विपत्तिको सामना गर्न भूकम्प प्रभावित जनतालाई राहत तथा पुनर्स्थापना गर्न ‘प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना कोष’ स्थापना गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्न पनि संगठनले माग गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा देखिएको मानव स्वास्थ्य तथा पशु स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य विभाग तथा कृषि विभागसँग समन्वय गरेर स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने निर्णय संगठनले गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा असहाय परिवारलाई तत्कालको गास र बास सम्बन्धी राहत प्रदान गर्न केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज नविन कुमार शाहीलाई पठाउने निर्णय संगठनले गरेको अध्यक्ष भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij