२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहीन

नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहीन

नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहीन भएका छन् । झापास्थित सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ वर्षीय दिलिप सुवेदी ५१ दिनदेखि बेपत्ता भएका हुन् ।

झापाको कन्काई नगरपालिका–३ स्थित कार्यालयको क्वाटरबाट ३० भदौदेखि बेपत्ता भएकाउनी अझै फेला नपरेको बुबा नेत्रप्रसादले बताए । खोटाङको हलेसी–तुवाचुङ नगरपालिका स्थायी ठेगाना भएका उनी विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बस्दै आएका थिए । उनको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खोजीका लागि सहयोग मागेका छन् ।

दाजु लक्ष्मीप्रसादले हराएको लामो समयसम्म भाइको अत्तोपत्तो नभएको बाताए । दिलिप भदौ ३० गते बिहान ६ः३० बजेतिर कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग चिया खान स्कुटरमा निस्किएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij