२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् ।

उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ ।

यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान् नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij