२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन

राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन

दैलेखको भैरवीमा बसोबास गर्दै आएका राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ।

आइतबार ६९ वर्षको उमेरमा शाहीको निधन भएको हो। दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा यतिबेला राउटे समुदायको बसोबास छ।

दैलेखकै कोइराला गाउँबाट रतुवाखोलामा बसाइँ सरेको पाँचौँ दिन महामुखियाको निधन भएपछि यो समुदाय रतुवा खोलाबाट बसाइँ गर्ने तयारीमा लागेको छ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको खोजीमा लागेको छ।

स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ सालदेखि महिनबहादुरले मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पिएका थिए। त्यसयता उनलाई राउटे समुदायले सम्मानका लागि महामुखिया भन्ने गरेका थिए।

राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन्। यो समुदायको संख्या नेपालमा झण्डै सात रहेको हाराहारीमा रहेको पछिल्लो जनगणनाले देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij