२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

डोटीमा जीप दुर्घटना : चारजनाको मृत्यु, पाँच घाइते

डोटीमा जीप दुर्घटना : चारजनाको मृत्यु, पाँच घाइते

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको जीप आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको थियो ।

दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।

जीप अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij