२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

नेप्से ३४.६१ अंकले बढ्यो, १४ अर्ब ३४ करोडको कारोबार

नेप्से ३४.६१ अंकले बढ्यो, १४ अर्ब ३४ करोडको कारोबार

काठमाडौँ- नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा रोकिएको छ ।

आजको कारोबारमा विभिन्न ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर १४ अर्ब ३४ करोड ८३ लाख ९ हजार ८८० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज केबिएल डिभेन्चर र थ्री स्टार हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर ८.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै आज माइ खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ७.८७ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ६१ करोड ८७ लाख र राढ़ी विद्युत कम्पनीको ५६ लारोद ६९ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij