२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

कांग्रेस बैठक : शेखरको अभिव्यक्तिको विनोद चौधरीद्वारा प्रतिवाद

कांग्रेस बैठक : शेखरको अभिव्यक्तिको विनोद चौधरीद्वारा प्रतिवाद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले आफूबारे नेता डा.शेखर कोइरालाले उठाएको प्रश्नको प्रतिवाद गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकको पहिलो दिन सोमबार बोल्ने क्रममा नेता कोइरालाले केन्द्रीय सदस्य चौधरीको क्रियाशील सदस्यताको अवधि दश वर्ष नपुगेको प्रसंग निकाल्दै सभापति देउवासँग जवाफ मागेका थिए । कोइरालाले कांग्रेस विधान विपरीत चौधरी केन्द्रीय समितिको उम्मेदवार बनेको आरोप लगाएका थिए ।

मंगलबारको बैठकमा आफूबारे कोइरालाले लगाएका आरोपको चौधरीले प्रतिवाद गरेका छन् । कांग्रेसको परम्परा र विधि अनुसार नै सबै योग्यता पुर्याएर आफू केन्द्रीय सदस्यमा निर्वाचित भएको भन्दै चौधरी गुट जोगाउनकै लागिमात्रै आफूविरुद्ध नबोल्न आग्रह गरे ।

‘पार्टी हाँक्छु, नेतृत्व गर्छ भन्ने मान्छेले यस्तै कुरा गर्ने हो ? हामीजस्तालाई छेकेर कसरी कांग्रेसको नेतृत्व गर्नुहुन्छ ?’ चौधरीको प्रश्न थियो । उनले २०७९ सालको संसदीइ निर्वाचनमा कोइरालानिकट व्यक्तिहरु कांग्रेस हराउन लागेको आरोप समेत लगाए ।

‘पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध मतदाताको घरघरमा गएर अभियान गर्ने उहाँकै समूहका मान्छेहरु कांग्रेस हराउन लागेका थिए । कांग्रेस हराउन लागेकाहरुलाई कांग्रेसले कारवाही किन नगर्ने ?’ चौधरीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij