२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छुः विद्या भण्डारी

जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छुः विद्या भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताएकी छन्।

शनिबार काठमाडौँमा मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने घोषणा गरेकी हुन्।

फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनको भनाइ थियो।

अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताइन्। यसमा आफूले गर्व महसुस गरेको बताइन्।

आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको उनको भनाइ थियो।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,’ उनले भनिन्।

सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकोले आफू राजनीतिमा आएको उनको भनाइ थियो।

उनले भनिन्,’मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गरेको छु र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको छु। मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो। त्यसैले, यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर हुनै पर्दछ।’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij