२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२-८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

नेपाल सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्मा पेश गरिएको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक, २०८२ भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij