२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

भारतले अपरेशन सिन्धु अन्तर्गत इरानबाट गर्यो एक हजारभन्दा बढीको उद्धार

भारतले अपरेशन सिन्धु अन्तर्गत इरानबाट गर्यो एक हजारभन्दा बढीको उद्धार

काठमाडौँ । इरान-इजरायल द्वन्द्वको बीचमा भारतले अपरेशन सिन्धु अन्तर्गत अहिलेसम्म एक हजर ११७ भारतीयहरूको उद्धार गरेको छ ।

भारतले इरानको मशहदबाट अर्को विमान गएराती २९० भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली पुगेको थियो । यसअघि ३१० नागरिकहरूको समूह शनिबार दिउँसो दिल्ली आइपुगेक थिए ।अर्कोतर्फ, जुन २० मा राति दुई समूहमा ४०७ भारतीयहरू फर्किएका थिए । जुन १९ मा, ११० विद्यार्थीहरू आर्मेनिया र दोहा हुँदै भारत ल्याइएको थियो ।

इरानले हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाएर भारतका लगभग एक हजार नागरिकलाई उद्धार गर्न अनुमति दिएको थियो । तीमध्ये धेरैजसो विद्यार्थीहरू छन्, जसलाई तेहरानबाट मशहद ल्याइएको थियो । त्यसपछि उनीहरूलाई तीनवटा चार्टर उडानहरू मार्फत भारत ल्याइएको थियो । यी उडानहरू इरानी एयरलाइन्स महानद्वारा सञ्चालित थिए ।

यी उडानहरू भारत सरकारले अपरेशन सिन्धु अन्तर्गत व्यवस्थित गरेको विदेश मन्त्रालयले जनाएको छ । इरानस्थित भारतीय दूतावासले आवश्यक परेमा आगामी दिनहरूमा थप उडानहरू सञ्चालन गर्न सकिने बताएको छ । साथै दुताबासले नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारमा सहयोग गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij