२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४०० र चाँदीमा २५ ले घटेकोमा त्यति नै परिमाणको सुन र चाँदी शुक्रबार क्रमशः ८०० र ५० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मोल एक लाख ९४ हजार ७०० सोही परिमाणको चाँदीको मोल दुई हजार १५० निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० र चाँदी दुई हजार २०० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij