२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश

संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको बताए ।

“दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ”, सभापति खतिवडाले भने ।

प्रतिनिधि सभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११:०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij