२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित

प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर अवरोध गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत १२ जेठदेखि बैठक अवरुद्ध पार्दैै आएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij