२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनु पर्छः विश्वप्रकाश शर्मा

नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनु पर्छः विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउन चुनौती दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने बताए।

दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताए।

मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘कसैले भन्दैगर्दा पुरानाका दिन गए। पुरानो धर्म शाष्त्र पनि हो। पुरानो चाहिँ यो धर्ती पनि हो। पुराना भन्ने चीज त्यति सजिलै जाँदैन। नयाँ भन्ने पनि मितिले भनेर हुँदैन। विश्वप्रकाश संसदमा पहिलो पटक छ। नयाँ हो। तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु पर्छ। कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन। नयाँ चाँही प्रवृत्तिमा, संस्कृतिमा हुन्छ। कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैंमा बिदाई पनि हुन्नौं। र, शक्तिमा, सरकामा छौं भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं।’

महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए। माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकताबद्ध भएर अघि बढ्न कांग्रेस–कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे।

संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij