२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्धा दायर

बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले बाँफिकोट गाउँपालिकाको वडा नं. २ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा  २१ लाख ६३ हजार ८६५ अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध मुद्धा दायर गरेको हो ।

 

मुद्धा दायर हुनेमा प्रमुख प्रशासकीय अधिकृत ओली, प्राविधिक दल बहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्त बहादुर बस्नेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij