२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

अध्यागमन कार्यालयमा अख्तियारको छापा, सहसचिव भट्टराई नियन्त्रणमा

अध्यागमन कार्यालयमा अख्तियारको छापा, सहसचिव भट्टराई नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  छापा मारेको छ ।

भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको उजुरी परेपछि अख्तियारको टोलीले बुधबार छापा मरेको हो ।

अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । उनलाई भर्खरै अख्तियारले नियन्त्रणमा लिएर मुख्यालय टंगाल पुर्याएको स्रोतले जनाएको छ ।

टिआईएका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई हिजोमात्रै गृहमन्त्रालय तानिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij