२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ‘उच्च श्रेणीको’ प्रोस्टेट क्यान्सर

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ‘उच्च श्रेणीको’ प्रोस्टेट क्यान्सर

काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । आइतबार उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा यस बारे जानकारी दिइएको हो ।

८२ वर्षीय बाइडेन गत हप्ता पिसाबसँग सम्बन्धित समस्या आएपछि परिक्षण गराउदा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । यो क्यान्सर उनको हड्डीसम्म फैलिएको बताइएको छ ।

उनको रोगलाई ‘उच्च श्रेणीको’ क्यान्सरको रूपमा वर्गीकृत गरिएको छ । क्यान्सर विज्ञहरुले यसको अर्थ क्यान्सर कोषहरू द्रुत गतिमा फैलिन सक्ने भन्ने बुझिने बताएका छन् ।

बाइडेन र उनको परिवारले यो क्यान्सरको उपचार विकल्पहरूको समीक्षा गरिरहेका छन् । पूर्व राष्ट्रपतिको कार्यालयले क्यान्सर हर्मोन-संवेदनशील भएको बताएको छ , जसको अर्थ यसलाई व्यवस्थापन गर्न सकिन्छ।

बाइडेनको क्यान्सरको खबर बाहिरिएपछि, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘जो बाइडेनको हालैको चिकित्सा समस्याको बारेमा सुनेर मेलानिया र म दुःखी छौं ।’

ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij