२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

आइपिएलमा आज दुई खेल हुदै

आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुदैछ भने दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुदैछ ।

नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजे जयपुरमा शुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्जाव किंग्स खेल्दैछन् ।   जारी आइपिएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ भने पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ । राजस्थान रोयल्सको १२ खेलमा केवल ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सको ११ खेलमा १५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

यस सिजनमा यसअघि अप्रिल ५ मा भएको दुवैबीचको खेलमा राजस्थान रोयल्स ५० रनले विजयी भएको थियो ।

त्यस्तै आज दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरातबीच दिल्लीमा नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि खेल शुरु हुनेछ । ११ खेलमा १३ अंक हासिल गर्दै दिल्ली प्लेअफको दौडमा कायम रहेको छ । त्यस्तै गुजरात भने ११ खेलमा १६ अंक हासिल गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । आजको जित दुवैका लागि प्लेअफको दौडमा महत्वपूर्ण हुने छ ।

यस सिजनमा यसअघि दुवैबीच अप्रिल १९ मा भएको खेलमा गुजरातले ७ विकेटको जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij