काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ।
डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले पेस गरेको रिट सर्वोच्चले दरपिठ भएको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पौडेल गभर्नर नियुक्तिका लागि सिफारिस नभएकाले रिट दर्ता गर्न अस्वीकार गरिएको हो।
पत्रपत्रिकामा प्रकाशित समाचारलाई मात्र आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ता गर्ने खोजिएको समेत सर्वोच्चको भनाइ छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij