२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

संसद्‌मा आजदेखि बजेटमाथि छलफल हुने

संसद्‌मा आजदेखि बजेटमाथि छलफल हुने

काठमाडौं-संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।

छलफलका लापग प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij