काठमाडौं । सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने उच्च स्तरीय सुशासन आयोग १५ सदस्यीय हुनेछ । आयोगमा निजी क्षेत्रसहित गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहने बताइएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij